नागरिकता विधेयकको लागि राष्ट्रिय सहमति नभए अध्यादेशबाटै भए पनि जान्छौः प्रचण्ड

काठमाण्डु टुडे २०७८ कार्तिक १३ गते १४:५४ मा प्रकाशित

काठमाण्डु,१३ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन अनुसार निर्वाचनमा जाने सैद्धान्तिक सहमति अनुसार अब पात्रको खोजी भइरहेको बताएका छन् ।

शनिबार जनकपुरधाममा प्रेस सेन्टर नेपाल धनुषाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भने– ‘अहिले गठबन्धनका नेताहरू काठमाडौँ भन्दा बाहिर भएकाले साझा धारणा बनाउनमा ढिलो भएको छ, बैठक बस्ने बित्तिकै गठबन्धनको धारणा आउँछ ।’
उनले भने–  ‘प्रतिपक्षी दलले संविधानको मर्म भावना विपरीत अनावश्यक रूपमा संसद् अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि नागरिकता विधेयक लगायत महत्त्वपूर्ण विधेयकहरू अगाडी बढ्नेछ ।’

‘नागरिकता विधेयकको लागि हामी राष्ट्रिय सहमतिबाटै जान चाहन्छौ । राष्ट्रिय सहमति नभए अध्यादेशबाटै भए पनि जान्छौ ।’उनले भने

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us