काठमाण्डु उपत्यका बालश्रममुक्त हुने

काठमाण्डु टुडे २०७१ जेठ २८ गते १२:०१ मा प्रकाशित

काठमाण्डु, २८ जेठ – काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर नगरपालिका, कीर्तिपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिका क्षेत्रलाई बालश्रममुक्त बनाउन सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

child laborबालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा श्रम विभागले यहाँ आज आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले बालश्रम मुक्त क्षेत्र बनाउन विभिन्न कार्यक्रम गर्ने बताए ।

श्रम विभागका महानिर्देशक रविन्द्रमोहन भट्टराईले श्रम तथा रोजगार मन्त्रालयको पहलमा बालश्रमसम्बन्धी राष्ट्रिय बालश्रम नीति तथा विद्यमान बालश्रम ऐन, २०५६ को संशोधनलगायत जोखिमयुक्त बालश्रमको सूची निर्धारणको कार्य भइरहेको जानकारी दिए ।

राष्ट्रिय योजना आयोगबाट स्वीकृत बालश्रम निवारणका लागि राष्ट्रिय गुरुयोजना(२०११–२०) लाई हालै नेपाल सरकारबाट अनुमोदन हुने क्रममा रहेको बताए ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालमा हाल १६ वर्षमुनिका करिब १६ लाख बालबालिका कुनै न कुनै श्रममा संलग्न छन् । तीमध्ये ६ लाख २० हजार बालबालिकाले अत्यन्त जोखिमपूर्ण श्रम गरिरहेका छन् ।

दिवसका अवसरमा उपत्यकाका तीनै जिल्लामा बालअधिकारसम्बन्धी सप्ताहव्यापी विभिन्न कार्यक्रमसमेत भइरहेको छ । प्रत्येक वर्ष जुन १२ का दिन यो दिवस मनाइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us