संविधानसभामा आज ३ सय सभासदले बोल्ने

काठमाण्डु टुडे २०७१ जेठ २८ गते ३:२७ मा प्रकाशित

ca houseकाठमाण्डु, २८ जेठ – संविधानसभाको बैठक आज पनि बस्दैछ । बैठकमा तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा उल्लिखित विषयमध्ये सहमतिका विषयहरुको निक्र्याेलसम्बन्धी प्रतिवेदन, २०७१ र असहमतिको विषयहरुको निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ माथिको छलफल जारी रहनेछ ।

हिजोदेखि सुरु भएको छलफलमा भाग लिँदै सभासद्हरुले सम्पत्तिमा सीमा तोक्न नहुने, हदवन्दीभन्दा बढि भएको जग्गा लिँदा उचित क्षतिपुर्ति दिनुपर्ने, मौलिक हकमा शिक्षा र स्वास्थ्यको हकलाई समावेश गनुपर्र्ने, आमाको नामबाट नागरिकता पाउने व्यवस्था गर्न, प्रजनन् अधिकार दिन, ज्येष्ठ नागरिकलाई सुरक्षा दिन माग गरेका थिए ।

हिजोको बैठकमा सभासद्हरु भरतमोहन अधिकारी, रमेश लेखक, गंगालाल तुलाधर, अष्टलक्ष्मी शाक्य, केशवप्रसाद बडाल लगायतका सभासदहरुले आ आफ्नो धारणा राखेका थिए भने बाँकी रहेका सभासदहरुले आज आ आफ्ना धारणा राख्नेछन् ।

मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा करिव ३ सय बढि सभासदहरुले बोल्नका लागि नाम टिपाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us