बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा गोली चल्दा ७ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ कार्तिक ५ गते १३:४३ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा शुक्रबार अन्धाधुन्ध गोली चल्दा सात जनाको मृत्यु भएको छ । रोहिंग्या क्याम्पस्थित मदरसामा यस्तो हमला भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । चारजनाको घटनास्थलमै तथा तीनजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको समाचारमा उल्लेख छ ।

शुक्रबार बिहान चार बजे हमला भएको हो । उनको साथबाट ठूलो मात्रामा बन्दुक र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us