
काठमाण्डु, २६ जेठ– नेपाल स्वास्थ्य व्यवसायी परिषदविरुद्ध आन्दोलनमा उत्रिएका मेडिकल माइक्रो बायोलोजीका विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
आफ्ना माग पूरा गर्न दबाब दिने उद्देश्यले काठमाण्डुको त्रिचन्द्र क्याम्पस अगाडि चक्काजाम गरेका विद्यार्थीमाथि प्रहरीले लाठीजार्च गरेको छ ।
आफ्ना माग पूरा गर्न दबाब दिने उद्देश्यले काठमाण्डुको त्रिचन्द्र क्याम्पस अगाडि चक्काजाम गरेका विद्यार्थीमाथि प्रहरीले लाठीजार्च गरेको छ । प्रहरीको लाठी चार्जबाट आफूसहित १० जना घाइते भएको माइक्रो बायोलोजी संघर्ष समितिका सदस्यसचिव जितेन्द्र श्रेष्ठले बताए ।
उनका अुनसार ५ दर्जन विद्यार्थीलाई प्रहरीले पक्रेको छ । आफूहरुका जायज माग पूरा गर्नुको साटो राज्य दमनमा उत्रिएको भन्दै उनले आपत्ति जनाए । ‘हामीजस्ता दक्ष युवाहरुलाई राज्यले अपहेलना गरेको छ’, श्रेष्ठले भने, ‘जनताको सेवा गर्छौं भन्दा काम गर्न नदिएर हात बाँध्ने काम भएको छ, हामी यसको निन्दा र भत्र्सना गर्छौं ।’
लोकसेवा आयोगले माइक्रो बायोलोजी विषयमा दरबन्दी खडा गर्नुपर्ने, हरेक अस्पतामला माइक्रो बायोलोजी विशेषज्ञ राख्नुपर्ने, उच्च मावि शिक्षा परिषदले दश जोड दुईमा माइक्रो बायोलोजी विषय अध्यापन गराउनुपर्नेलगायत सात बुँदे माग राखेर एक सातादेखि बाँसबारीस्थित नेपाल स्वास्थ्य व्यवसायी परिषदमा तालाबन्दी गरेका छन् ।
विद्यार्थीले परिषदका अध्यक्ष श्रवणकुमार मिश्रको राजीनामा समेत माग गरेका छन् ।