आज मन्त्रिपरिषद विस्तार

काठमाण्डु टुडे २०७८ असोज १४ गते ७:०० मा प्रकाशित

काठमाण्डु, १४ असोज– सरकार गठन भएको साढे दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् ।

सत्ता गठबन्धनका दलहरूको आग्रहमा सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् ।

सत्ता गठबन्धनमा रहेका चार दलबीच कांग्रेसले सात मन्त्रालय र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ६/६ मन्त्रालय लिने विषयमा समझदारी बनेको भए पनि कुन–कुन मन्त्रालय कुन दलले पाउने भन्नै अझै टुंगो लागिसकेको छैन । गृह, अर्थ, ऊर्जा, न्याय, कानुन तथा संसदीय मामिला, परराष्ट्र र स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिसकेका प्रधानमन्त्री देउवाले थप १६ मन्त्री नियुक्त गर्नेछन् ।

सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले सरकारमा सहभागी हुने ६ जना मन्त्रीहरूको नाम बुझाइसकेको बताइएको छ ।

मन्त्रिमण्डल विस्तार हुने बताउँदै एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले भने– ‘गठबन्धनका दलहरूबीच भएको सहमतिअनुसार मन्त्रीमण्डलले अब पूर्णता पाउँछ । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us