
कञ्चनपुर, २६ जेठ– पश्चिम तराईका जिल्लाहरु कैलाली कञ्चनपुरमा अत्याधिक गर्मी बढ्दै गएपछि जिल्ला शिक्षा कार्यालयले पाँच दिनका लागि विद्यालय बन्द गरेको छ ।
सोमबारदेखि लागू हुने गरी पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्टले जानकारी दिए ।
उनका अनुसार विद्यालयहरुमा छानो तातेपछि विद्यार्थी गर्मीका कारण बेहोस हुन थालेकाले विद्यालय बन्द गरिएका छन् । विद्यालयहरुको मागअनुसार जिल्लाभरका विद्यालय बन्द गर्ने निर्णय गरेको उनले बताए । शिक्षा कार्यालयले वर्षातको बिदाबाट घटाउने गरी पाँच दिन बिदा दिन लागेको जनाएको छ ।