
काठमाण्डु, २६ जेठ– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले आजबाट संविधानसभाभित्र रहेका दलसँग वार्ता थाल्दैछ ।
पहिलो चरणमा उपसमितिले आज अपराह्न मधेस केन्द्रित दलसँग वार्ता गर्ने भएको छ । संविधानका सहमति जुट्न नसकेका विषयमा सहमति जुटाउन उपसमितिले छलफल थाल्न लागेको हो ।
उपसमितिले यसअघि हिजो प्रमुख राजनीतिक दलका शीर्ष नेतासहित सरकारका मन्त्रीहरुसँग छलफल गरेको थियो
संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले संविधानसभाभित्र रहेका राजनीतिक दलका बीचमा देखिएका असहमतिका विषयमा सहमति खोज्न विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई विभिन्न चरणमा वर्गीकरण गरेर प्रारम्भिक वार्ता गर्ने कार्यतालिका निर्धारण भएको जानकारी दिए ।