एनसेलको टावरमा चट्याङ पर्दा आमाछोरी घाइते

काठमाण्डु टुडे २०७१ जेठ २६ गते १:३९ मा प्रकाशित

बैतडी, २६ जेठ – बैतडीको कटौजपानी–२ बडियामा चट्याङ लागेर आमाछोरी घाइते भएका छन् ।

एनसेल मोबाइल कम्पनीको टावरमा गएराति चट्याङ पर्दा नजिकै रहेको घरमा सुतिरहेका गजुवा भाटकी श्रीमती जसुदेवी भाट र उनकी  छोरी दुई वर्षीया गीता घाइते भएका हुन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

चट्याङ लागेर घरमा रहेका २ वटा बाख र एउटा गोरु समेत मरेको छ । भाटले टावरका कारण यसअघि दुईपटक चट्याङले क्षति पुर्‍याएको भए पनि एनसेलले बेवास्ता गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us