
दमक, २६ जेठ– झापा उद्योग वाणिज्य महासंघ शिवगन्ज शाखाको अध्यक्षमा वीरेन्द्रप्रसाद यादव निर्वाचित भएका छन् ।
संघको आइतबार राति सम्पन्न १५ औं साधारणसभाबाट वाणिज्य उपाध्यक्षमा नरेशकुमार मिश्र, उद्योग उपाध्यक्ष रामनरेश शर्मा, सचिव तेज लामगादे, वाणिज्य सचिव सुरेशकुमार अग्रवाल, उद्योग सचिव पार्वती ताजपुरिया र कोषाध्यक्षमा टङ्कप्रसाद मैनाली निर्वाचित भएको निर्वाचन समिति संयोजक गङ्गानन्द झाले जानकारी दिए ।
समितिको सदस्यमा शङ्करलाल हजाम, राजेन्द्र गणेश, जितबहादुर थेबे, टीकाराम सिटौला, होमप्रसाद राजवंशी तथा महिला सदस्यमा सुनिता लिम्बू र मेनुका बाँस्कोटा निर्वाचित भएका छन् ।