काठमाण्डु, ८ असोज – समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् ।
समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पद्यप्रसाद खतिवडाका अनुसार सरकारले हामीलाई विभिन्न बहाना बनाएर पटक पटक दुख दिने र हामीलाई ह्यारेसमेण्ट गर्न थालेको कारण सबै पदाधिकारीले सामूहिक राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको बताए ।
खतिवडाले भने, ‘राजीनामा दिनुको कारण भनेको हामीलाई काम गर्न दिने वातावरण नै बन्द हुनु नै हो । किनभने परिषद्ले आफ्नो बजेट बनाउनु पर्यो । त्यसका लागि हामीले प्रधानमन्त्रीलाई एक चौथाइ भए पनि बजेट निकासा गरिदिन आग्रह ग¥यौँ, तर उहाँले मान्नुभएन । अधिकांश ज्यालादारी र अस्थायी कर्मचारीको म्याद असार मसान्तमै सकिएको थियो, उनीहरूको म्याद थप गरौँ भन्दा पनि उहाँहरूले आफूनिकटको मान्छेको मात्रै म्याद थप गर्न मान्नुभयो । उहाँहरूले व्यक्ति तोकेर म्याद थप गर्ने र नगर्ने लिष्ट पठाउनुभयो, जुन हामीले स्वीकार गर्न सकेनौंँ ।’
उपाध्यक्ष खतिवडाका अनुसार प्रधानमन्त्रीका सचिवालयबाट आफूहरूलाई पटक पटक राजीनामा गर्न दबाब दिइएको बताए । खतिवडाले भने, ‘हामीलाई विभिन्न बहाना बनाएर पटक पटक दुख दिने, यो किन भयो र किन भएन भनेर पटक पटक बोलाउने, ह्यारेसमेण्ट गर्ने र राजीनामा दिएर मार्ग प्रशस्त गर्नुप–यो भनेर दबाब दिइरहे । अब काम गर्नलाई बजेट नदिने, कर्मचारीको म्याद थप नगर्ने र हामीलाई ह्यारेसमेण्ट गर्न थालेपछि सामूहिक राजीनामा बुझाएका हौँ ।’