
नुवाकोट, २५ जेठ –बाटोको भलको बिषयलाई लिएर भएको विवादमा बन्चरो प्रहार गर्ने राउत बेशी–७ बस्ने ५० बर्षीय शिव प्रसाद खतिवडा र निजको ४५ बर्षीय भाई कृष्ण प्रसाद खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले जेठ २४ गते २२ः३० बजे सोही ठाँउ बस्ने २२ बर्षीय राम प्रसाद तामाङलाई बाटोको भलको बिषयमा विवाद हुँदा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल त्रिशुलीमा लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।