श्रमजीवी पत्रकार तालिम सम्पन्न

काठमाण्डु टुडे २०७१ जेठ २५ गते १०:१२ मा प्रकाशित

काठमाण्डु ,२५ जेठ – सूचना विभागको आयोजनामा सञ्चालन हुँदै आइरहेको ‘आमसञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुका लागि दुईहप्ते सेवाकालीन तालिम’ आज सम्पन्न भएको छ ।

तालिम समापनका क्रममा सूचना तथा सञ्चार सचिव सुमनप्रसाद शर्माले तालिमले श्रमजीवी पत्रकारलाई काम गर्नका लागि सहयोग पुर्‍याउन विश्वास व्यक्त गरेका छन् ।

विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले गत वर्षदेखि उच्चस्तरका पत्रकारिता तालिमको सुरुआत गरिएको जानकारी दिँदै आगामी वर्षमा अझै प्रभावकारी र उपयोगी तालिम सञ्चालन गरिने बताएका छन् ।

पत्रकार सुरेश आचार्य, हस्त गुरुङ, डा. महेन्द्र विष्ट, पुष्कर माथेमा, कुन्दन अर्याल र हरिकला अधिकारी प्रशिक्षक रहनुभएको उक्त तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ३३ जना श्रमजीवी पत्रकार सहभागी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us