
सुन्दरीजल, २४ जेठ– एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले गुण्डालाई टीका लगाएर पार्टी प्रवेश गराउनेलाई
नेतृत्व दिन नहुने बताएका छन् ।
एमाले जोरपाटी गाउँ कमिटीले नवौं महाधिवेशनको सन्दर्भमा शनिबार गरेको अन्तक्र्रियामा पाण्डेले संसदीय दलका नेता केपी ओलीलाई लक्षित गरी पाण्डेले गुण्डालाई टीका लगाएर पार्टी प्रवेश गराउनेलाई नभई निस्कलङ्क नेतृत्वलाई नवौं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन गर्नुपर्ने बताए ।
पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले गुण्डालाई प्रश्रय दिए देशको अर्थतन्त्र नै समाप्त हुने भएकाले एमालेले गुण्डाको संरक्षण गर्न नहुने धारणा राखे ।
‘गुण्डालाई टीका लगाउनेलाई होइन, नवौं महाधिवेशनबाट निस्कलङ्क नेतृत्व छान्नुपर्छ’, पाण्डेले भने ।