अष्टलक्ष्मी कमरेड सल्लाहले नै मुख्यमन्त्री बन्नुभएको हो, तर अहिले अप्ठेरोमा हुनुहुन्छः माधव नेपाल

काठमाण्डु टुडे २०७८ भदौ ८ गते १४:३९ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको खुलासा गरेका छन्।

‘अष्ट कमरेड सल्लाहले नै मुख्यमन्त्री बन्नुभएको हो । तर अहिले अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई २१ दिनभित्र पार्टी रोज्न पाउने व्यवस्था छ । त्यो व्यवस्था अनुसार उहाँले कुन पार्टी रोज्नुहुन्छ त्यो उहाँकै कुरा हो’, नेपालको भनाइ छ ।

नेता नेपालले नयाँ पार्टी दर्ता गर्दै गर्दा डोरमणि पौडेलले राजीनामा दिएर शाक्य नयाँ मुख्यमन्त्री बनेकी छन् । तर उनी नेकपा एकीकृत समाजवादीमा गएकी
भने छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us