वन्यजन्तु मार्ने चिनिया धरौटीमा छुटे

काठमाण्डु टुडे २०७१ जेठ २२ गते ५:४४ मा प्रकाशित

रसुवा,  २२ जेठ  जिल्ला वन कार्यालय रसुवाले सामान्य सोधपुछको भरमा घोरल मार्ने चिनिया नागरिकले गल्ति स्वीकारेन भन्दै सामान्य तारेखमा धरौटी लिएर छाडिएको छ ।

गत बैशाख २३ गते टिमुरेमा रहेको नेपाली सेनाको नारायण दलगणले स्थानीय गाउँलेको सुचनाको आधारमा घोरल मारेर छाला काटिरहेको अबस्था भेटिएपछि चिनिया नागरिक याङ तचलाई घोरलको मासु सहित थुमनको दाहालफेदीबाट पक्राउ गरेर जिल्ला वन कार्यालयमा बुझाएको थियो ।

वन कार्यालयका कर्मचारी पुन्य पौडेलले वयान लिने क्रममा चिनिया नागरिक याङ तचले दिएको बयानमा आफुले मरेको देखेको र हेरिरहेको अबस्थामा सेनाले पक्राउ गरेको बयान दिएका छन् ।

नारायण दल गणका गणपति(कर्नेल) लक्ष्मण खड्काले भने चिनिया नागरिकलाई आलै मासु सहित छाला काढिरहेको अबस्थामा रंगेहात पक्राउ गरेर जिल्ला वन कार्यालयलाई बुझाएको जानकारी दिए । ‘हामी निकुञ्जको सुरक्षार्थ बसे पछि अबैध गतिबिधी रोक्ने हामीले हो, उनले भने, ‘गाउँलेहरुले चिनिया नागरिकले घोरल मारिरहेको छ भन्ने खबर गरेपछि थुमनको दाहाल फेदीमा मारेर छाला काटिरहेको अबस्थामा फेला पारेर वन कार्यालयलाई बुझाएका हौ ।’

जिल्ला वन कार्यालयका वन अधिकृत राजेन्द्र निरौलाले भने, ‘शंकास्पद अबस्था मा भेटिएको र चिनीया नागरिकले आफुले मारेको स्वीकार नगरेकाले याङ तचलाई २८ हजार दुई सय ५० रुपयाँ धरौटी र सामान्य तारेखमा छुटेका हुन् ।’ वयानको क्रममा उसको संलग्नता देखिएन अनि छाडिएको हो,उनले भने, ‘त्यस्तो केही अस्पष्ट भए फाईलबाट प्रष्ट हुन सकिन्छ ।’ सामान्य तय वन्यजन्तु सम्बन्धि मुद्धा किनारा लाग्न कम्तिमा दुई वर्ष लाग्छ तर वन कार्यालयले भने याङ तचलाई पक्राउ गरेको १६ दिन नपुग्दै दुई वर्ष जेल सजाय र १० हजार रुपयाँको धरौटी सहित हुन आउने २८ हजार २ सय ५० रुपयाँ धरौटी लिएर सामान्य तारेखमा छोडेको छ ।

राष्ट्रिय निकुञ्ज संरक्षण ऐन २०२९ को दफा २६ अन्र्तगत अन्र्तगत वन्यजन्तु ओसार पसार र अबैध गतिबिधी गरेका ठहर भएमा १० हजार रुपयाँ जरिवाना र २ लाख रुपयाँ जरिवाना तोकिएको छ । सोही आधारमा रहेर चिनीया नागरीक याङ तचलाई कारबाही गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us