
नयाँँ दिल्ली २२ जेठ –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका भ्रमण गर्ने भएका छन । अमेरिकी राष्ट्रपति बाराक ओबामाको निमन्त्रणालाई स्वीकार्दै मोदी आगामी सेप्टेम्बरमा अमेरिका जान लागेका हुन ।
संयुक्त राष्ट्रसंघको महासभा पनि त्यहि वेला हुनेछ । राष्ट्रपति ओबामासँंग मोदीले दुई पक्षीय हितका बिषयमा छलफल गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन ।
सन २००२ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस प्रशासनले मोदीलाई अमेरिका जाने भिसामा रोक लगाएको थियो । त्यसयता मोदी पहिलो पटक अमेरिका जान लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन ।