बिषालु च्याउले शिवमन्दिरको बाबाहरु सिकिस्त

काठमाण्डु टुडे २०७१ जेठ २२ गते ३:५८ मा प्रकाशित

गाईघाट, २२ जेठ – जिल्लाको बसाहा बेल्टार नगरपालिका–२ काइलाथुम्कीमा अवस्थित शिवमन्दिरका तीनजना बाबाले बुधबार जङ्गलको बिषालु च्याउ खाँदा सिकिस्त बिरामी परेका छन् ।

विषालु च्याउ खाएको कारण बिरामी हुनेहरुमा मन्दिरका मुख्य बाबा ६७ वर्षीया लीला पुरी रहेका छन् भने महिलाहरुमा ५७ वर्षीया मन पुरी र ५३ वर्षीया कला पुरी रहेका छन् ।

उनीहरुको अहिले इलाका प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जानकारी केन्द्रका वरिष्ठ अहेब तेजप्रसाद पोखरेलले दिए ।

बिहान मन्दिर नजिकैको जङ्गलमा च्याउ खोजेर मन्दिरको कुटीमा पकाएर खाएपछि तीनै जना बाबा मन्दिर परिसरमा लडेका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us