बढ्न थाल्यो कोरोना सङ्क्रमण

काठमाण्डु टुडे २०७८ साउन २ गते ८:४८ मा प्रकाशित

काठमाण्डु, २ साउन– कोरोना (कोभिड–१९)को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको  कोरोना  सङ्क्रमण  निषेधाज्ञा  खुकुलो  भएसँगै  उकालो लाग्न थालेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा  देशभर दुई हजार ९३६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

अघिल्लो दिन यस्तो सङ्ख्या एक हजार ७८२ रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको  सङ्ख्या सात लाख १२ हजार ३७३ पुगेको छ ।

तीमध्ये छ लाख ६४ हजार ५७६ जना पीसीआर र ४७ हजार ७९७ जना एन्टिजेन परीक्षण गरिएको थियो । विगत २४ घण्टामा थप ४३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ५०६ पुगेको छ । गोरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us