
काठमाण्डु, ३० असार– नेपाल मामिलाका जानकार भारतीय प्रोफेसर एसडी मुनिले भारतको रोजाइमा हुँदाहुँदै पनि केपी ओली सत्ताच्युत भएको टिप्पणी गरेका छन् ।
उनले काँग्रेस सभापति शेरबहादुर देउवाभन्दा ओली नै भारतको रोजाइमा थिए । भारतले ओली नै प्रधानमन्त्रीमा रहिरहुन् भन्ने चाहेको भए पनि देउवालाई रोक्ने प्रयास पनि नगरेको उल्लेख गरे । मुनिले देउवा भारतका पुराना मित्र भएको उल्लेख गर्दै नयाँ सरकारसँग भारतले सहकार्य गर्ने बताए ।
‘फेरि पनि ओली नै प्रधानमन्त्री रहुन् भन्ने भारत चाहन्थ्यो, तर भारतले देउवालाई प्रधानमन्त्री बन्न रोकेको पनि होइन । किन भने देउवा भारतका पुराना मित्र हुन्’, मुनिले भने । परिवर्तित परिस्थितिमा इपीजी प्रतिवेदन, १९५० को सन्धि र सीमासम्बन्धी विषयमा प्रगति हुनेमा भने आशंका व्यक्त गरे ।
नयाँ पत्रिकाबाट