काठमाण्डु, ६ असार– काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा थपिएको छ । अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ।
निजी सवारीलाई जोर–बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।