
दमौली, १९ जेठ– सेतीनदीको कटानका कारण भिमाद बजारका ४० घर खतरामा परेका छन् ।
सेती नदीले बर्सेनि कटानी गर्ने गरेका कारण ती घर खतरामा परेका हुन् । घर नदी कटानकोउच्च जोखिममा परेका कारण बजारका बासिन्दा दिनभर व्यापार गर्न बसे पनि राति सुत्न अन्तै जाने गरेको सेतीनदी नियन्त्रण तथा बजार व्यवस्थापन समितिले जनाएको छ ।
वर्षात सुरु भएपछि आफूहरुको भोक र निन्द्रा हराउने गरेको समिति सचिव राजु परियारले बताए । सेतीनदीमा तटबन्धन निर्माण हुन नसक्दा आफूहरु त्रास र भयमा बाँच्दै आएको उनको भनाइ छ ।
समिति कोषाध्यक्ष वुद्धिराज लम्सालले नदी नियन्त्रणका लागि स्थानीय विकास मन्त्रालयअन्तर्गत जलउत्पन्न प्रकोप समितिबाट केही वर्षदेखि रकम विनियोजन हुँदै आए पनि दुई वर्षदेखि सो रकम कटौती भएकाले थप समस्या भएको स्थानीयको गुनासो छ ।