काठमाण्डु, १८ जेठ– एकीकृत माओवादीले अघि सारेका माग सम्बोधन गरी अवरुद्ध संसद अधिवेशन सुचारु गराउने प्रयासमा आइतबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक बिनानिष्कर्ष सकिएको छ ।
संविधानसभा भवन नयााबानेश्वरमा भएको बैठकमा गत ९ पुुसमा भएको चारबुादे सहमति पालना गर्नुपर्ने एमाओवादीको प्रस्तावमा छलफल भए पनि सहमति हुन सकेन ।
माओवादीले चार बुादे सहमतिअनुसार संविधानसभाको दोश्रो निर्वाचनमा भएको धााधली छानबिन समिति र उच्चस्तरीय राजनीतिक समिति गठनको माग राख्दै संसदको जारी वर्षे अधिवेशन अवरुद्ध गर्दै आएको छ ।
उक्त माग राखेर शुक्रबार संसद अवरुद्ध गरेको एमाओवादीले आइतबार पनि संसद चल्न दिएन । बैठकमा एमाओवादीले निर्वाचन धााधलीबारे संसदीय समिति र शान्ति प्रक्रियाका बााकी काम पूरा गर्न र संविधानसभाबाहिर रहेका राजनीतिक शक्तिलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी गराउन उच्चस्तरीय राजनीतिक समिति तत्काल गठन हुनुपर्ने अडान राखेको छ ।
छलफलमा सहभागी एकीकृत माओवादी सचिव गिरिराजमाणि पोखरेलले सरकारले गरिरहेको गैरबजेटरी खर्चका विषयमा समेत आफूहरुले गम्भीर ढंगले विषय उठान गरेको जानकारी दिए ।
जवाफमा सत्ता पक्षले गैरबजेटरी खर्चका विषयमा छलफल गरी जवाफ दिन दुई दिनको समय माग गरेको उनले बताए । ‘हामीले केही राजनीतिक र केही आर्थिक विषय उठाएका छौं’, पोखरेलले काठमाण्डु टुडेसाग भने, ‘राजनीतिक विषयमा फेरि छलफल गर्ने भन्ने भएको छ, गैरबजेटरी खर्चका विषयमा जवाफ दिन सत्तापक्षले दुई दिनको समय माग गरेको छ ।’
छलफलमा कााग्रेसबाट कााग्रेसबाट उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला र सहमहामन्त्री पूर्णबहादुुर खड्का, एमालेबाट सचिव विष्णु पौडेल र एकीकृत माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता बाबुराम भट्टराई र सचिव गिरिराजमणि पोखरेल सहभागी थिए ।