काठमाण्डु, १८ जेठ – राप्रपा नेपालले दोस्रो दिन पनि व्यवस्थापिका संसद अवरुद्ध गर्ने निर्णय गरेको छ ।
राप्रपा नेपालको संसदीय दलको बैठकले आर्थिक वर्षको अन्त्यमा चार अर्बबढी रकम सत्तारुढदलले आफ्ना नेता तथा कार्यकर्तालाई एकतर्फी बाँडेको भन्दै सदन अवरुद्ध गर्ने निर्णय गरेको हो ।
यसअघि एमाओवादीले शुक्रबार संसद बैठक अवरुद्ध गरेको थियो ।
एमाओवादीलाई मनाउन कांग्रेस र एमाले आन्तरीक बैठकमा जुटिरहेका बेला राप्रपा नेपालले सदन चल्न नदिने निर्णय गरेको हो ।
‘रकमान्तर अपारदर्शी र तजविजी भयो । बजेटमा जे जे नीति तथा कार्यक्रम ल्याएपनि हाम्रो गुनासो र्छन । तर, यो सरासर भ्रष्टाचार हो’ संसदीय दलका सदस्य सचिव सुशील श्रेष्ठले काठमाण्डु टुडेलाई जानकारी दिए ।