
काठमाण्डु, १८ जेठ– संविधानसभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ ।
काठमाण्डु–२, चितवन–४, बर्दिया–१ र कैलाली–६ मा आगामी असार ८ गते हुने उपनिर्वाचनका लागि आयोगले आज मतदान चिन्ह प्रदान गरेकाे हो । निर्वाचनका लागि चारवटै क्षेत्रमा १७ स्वतन्त्रसहित ८१ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।