काठमाण्डु–२ मा काँग्रेसको चुनावी अभियान सुरु

काठमाण्डु टुडे २०७१ जेठ १७ गते ८:३२ मा प्रकाशित

काठमाण्डु, १७ जेठ– संविधानसभाको आगामी असार ८ गते हुने उप निर्वाचनका लागि नेपाली काँग्रेस काठमाण्डु क्षेत्र नं २ ले आफ्नो चुनावी अभियान सुरु गरेको छ । ncनिर्वाचनमा उम्मेदवारीका लागि काँग्रेसबाट दीपकप्रसाद कुइँकेलले उम्मेदवारी दर्ता गरेसँगै पार्टीले आफ्नो चुनावी अभियान अघि बढाएको हो ।

चुनावी अभियानअन्तर्गत पार्टीका क्षेत्रीय सभापति उपेन्द्र कार्कीको संयोजकत्वमा दुई हजार ५१ सदस्यीय निर्वाचन मूल प्रचारप्रसार समिति गठन गरिएको छ ।
क्षेत्रअन्तर्गत पार्टीमा करिब एक हजार ५० जना क्रियाशील सदस्य रहेको र क्षेत्रअन्तर्गतका नौवटा गाविसका गाउा कार्य समिति, महानगरका ३५ र ९ नं वडाका वडा कार्य समितिका पदाधिकारीहरु मूल प्रचार समितिमा रहनुभएको क्षेत्रीय सभापति एवम् निर्वाचन मूल प्रचारप्रसार समितिका संयोजक उपेन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार प्रचारप्रसारको कार्यक्रमलाई चरणबद्ध रुपमा तय गरिएअनुसार पहिलो चरणमा क्षेत्रअन्तर्गतका अगुवा कार्यकर्ता भेटघाट कार्य आगामी जेठ १९ गतेसम्म सञ्चालन गरिने छ । १९ गतेबाट २२ गतेभित्रमा उपमतदान केन्द्रस्तरमा एक–एकजना कमान्डरसहित ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्ने कार्यक्रम तय गरिएको उनले बताए । क्षेत्रअन्तर्गत ९० वटा उपमतदान केन्द्र रहेका छन् ।

यसैबीच चुनाव प्रचार मूल समितिको संयोजनमा शनिबार मूलपानीमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

उम्मेदवार कुइँकेल, नेपाली कााग्रेस निर्वाचन मूल प्रचार समितिका संयोजक  कार्की, महासमिति सदस्य लोकेश ढकाल, जिल्ला कार्यसमिति सदस्य पवित्र लामिछाने लगायतले आ–आफ्ना धारणा राखेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us