पर्वतमा अर्को अग्लो झोलुंगे पुल संचालनमा

काठमाण्डु टुडे २०७१ जेठ १७ गते ३:१४ मा प्रकाशित

poolपर्वत १७ जेठ –पर्वतमा अर्को अग्लोे कुर्घा र फलेवास जोडेने झोलुङ्गेपुल सञ्चालनमा आएको छ ।

पर्वतमा कुश्मा देखी ग्यादी जोड्ने झोलुङ्गेपुलको विगत तीन वर्ष अगाडि नेपालकै पहिलो अग्लो झोलुङ्गेपुलको रुपमा सम्पन्न भएको थियो । पर्वतमा ८ महिनाको अवधीमा निर्माण कार्य सम्पन्न भएको देविस्थान–कुर्घा झोलुङ्गगेपुलको औपचारिकरुपमा सञ्चालनमा आएको हो ।

नेपाल सरकारको आर्थिक सहयोगमा २ करोड बराबरको लागतमा पुल निर्माण गरिएको निर्माण समितीका अध्यक्ष गंगाराज शर्माले बताए ।
पुल निर्माण भएपछि पर्वतको देविस्थान, कुर्घा, मुडिकुवा, खानीगाउँ, पाङ्गराङ, लुंखु, बाच्छा लगायतका दुई दर्जन र छिमेकी जिल्लाका वासीन्दाहरु समेत लाभान्वीत भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us