अस्पतालमा अनसन बस्ने ६० पक्राउ, पक्रन माग गर्दै एक सयद्वारा प्रहरी कार्यालय घेराउ

काठमाण्डु टुडे २०७१ जेठ १६ गते १३:३७ मा प्रकाशित

सुनसरी– १६ जेठ– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत कर्मचारीलाई प्रहरीले पक्रेको छ ।
तलब भत्ता वृद्धिको माग गर्दै चार दिनदेखि अनसन बसेका कर्मचारीलाई प्रहरीले शुक्रबार पक्रेको हो ।

र्वोच्च अदालतको आदेश कार्यान्यवन गर्दै अनसनरत कर्मचारीलाई पक्राउ गरिएको अस्पताल प्रशासनले जनाएको छ । सर्वोच्चले बुधबार अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बन्द हड्ताल निषेध गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएको थियो ।
प्रहरीले अनसनरत ६० कर्मचारीलाई पक्रेलगत्तै सयभन्दा बढी कर्मचारी आफूहरुलाई पनि पक्रनुपर्ने भन्दै इलाका प्रहरी कार्यालय धरान पुगेका छन् ।

उनीहरुले प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, अस्पतालका निर्देशक र रजिष्ट्रारले राजीनामा दिनुपर्ने मागसहित प्रहरी कार्यालय अगाडि नाराजुलुस गरेका छन् । सरकारले गत वर्ष वृद्धि गरेको १८ प्रतिशत तलब र महंगी भत्ता उपलव्ध गराउन माग गर्दै अनसन थालेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us