डा वानीरा गिरी विश्व नारी रत्नबाट सम्मानित

काठमाण्डु टुडे २०७१ जेठ १६ गते ८:४९ मा प्रकाशित

काठमाण्डुु, १६ जेठ – डा वानीरा गिरी ‘नेपाली साहित्यका विश्व नारी रत्नको’ सम्मानद्धारा विभूषीत भएकी छिन् ।

baniraराजधानीमा आयोजित विश्व नारी नेपाली साहित्य सम्मेलनमा प्रधानमन्त्री सुशिल कोइरालाले डा गिरीलाई ‘नेपाली साहित्यका विश्व नारी रत्नको’ सम्मानद्धारा विभूषीत गरेका हुन् ।

सो सम्मानमा नगद रु पाँच लाख र सम्मानपत्र रहेको छ । यसैगरी कार्यक्रमस्थलबाट डा गिरीको सम्मानार्थ उनलाई रथारोहण गरी नगरको विभिन्न भागमा परिक्रमा गराइएको छ । प्रधानमन्त्री कोइारालाले सो अवसरमा नारी स्रष्टा विषयका १४ कृतिको पनि लोकार्पण गरे ।

बिहीबारदेखि सुरु भएको सो सम्मेलनमा पाँच महादेश, २० राष्ट्र र नेपालका चौध अञ्चलका नेपाली साहित्यका नारी स्रष्टाहरु गरी ३०० सङ्ख्यामा सहभागी रहेको त्रिमूर्ति निकेतनका संस्थापक नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।

सम्मेलनमा साहित्यकार एवम् भाषाविद्ले कार्यपत्र प्रस्तुत गर्नेछन् भने त्यसमा प्राज्ञिक समीक्षा गरिने जनाइएको छ । घोषणापत्र जारी गर्दै तीनदिने सम्मेलन शनिबार सकिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us