
काठमाण्डु, १६ जेठ – गणतन्त्र दिवसको आवसरमा पुर्वको सुन्दर शहर धरानमा फुडफेष्टिभल आयोजना गरिएको छ । १० दिन सम्म चल्ने फेष्टिभल हिजोबाट शुरु भएको हो ।
धरान नगरपालिका १८ स्थित आर्दश मार्गमा आयोजित फुड फेष्टिभलमा विभिन्न जातिय परिकारका २० वटा स्टल राखिएकाछन् ।
राइ, लिम्बु, तामाङ, शेर्पा, गुरुङ लगायतका खानाका स्टलहरु आकार्षणकोरुमा रहेको आयोजकले जनाएको छ । फेष्टिभल अवधिभर स्थानिय तथा राष्ट्रिय कलाकारले मनोरन्जन दिनेछन् ।