
सुर्खेतको सुदूर पश्चिममा पर्ने लगाम–५ धनरासका स्थानीयवासी आफँै बाटो निर्माणको अभियानमा जुटेका छन् ।
गुटु गाविस हुँदै अक्षामको बेनिघाट जोड्ने सडकखण्डअन्तर्गत लगाम बेनिघाटखण्डको धनराससम्म पर्ने सडकखण्डको निर्माणका लागि सक्रिय भएका उनीहरुले स्थानीय शिक्षक तथा कर्मचारीले एक–एक महिनाको तलब सडक निर्माणका लागि छुट्याउनुपर्ने निर्णयसमेत गराएका छन् ।
बाटो निर्माणलाई पूर्णता दिन आर्र्थिक सङ्कलन तथा श्रमदान गर्ने निर्णय गरेको उपभोक्ता समितिले उपभोक्ताहरुबाट न्यूनतम दुई हजार ५०० देखि एक हजार ७०० सम्म आर्थिक सङ्कलन गर्ने निर्र्णय गरिएको समितिका अध्यक्ष भीमबहादर तिरुवाले जानकारी दिए ।