खरेलको सरुवा अन्योलमा, आयोगले आज निर्णय गर्दैै

काठमाण्डु टुडे २०७१ जेठ १६ गते ३:१७ मा प्रकाशित

ramesh Kharelकाठमाण्डु, १६ जेठ– काठमाण्डु प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेललको काज सरुवाका लागि सहमति दिने÷नदिनेबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ ।

गृह मन्त्रालयले खरेललाई सरुवा नगरे काठमाण्डु–२ को उपनिर्वाचन प्रभावित हुने कारण देखाउँदै गृहले खरेलको सरुवाका लागि आयोगसँग अनुमति मागेको थियो ।

काठमाण्डु–२ मा आगामी असार ८ मा हुनेसंविधानसभा उपनिर्वाचनका लागि आचारसंहिता लागू भएकाले गृहले सरुवाबारे सहमति मागेको हो । स्रोतका अनुसार आयुक्तहरुबीच खरेलको सरुवाबारे विवाद छ ।

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती तथा आयुक्तद्वय अयोधीप्रसाद यादव र इला शर्मा सरुवाको विपक्षमा छन् ।
सरकारले खरेलको सरुवाका लागि देखाएको कारण कमजोर रहेको भन्दै उनीहरु सहमति नदिने पक्षमा छन् ।

आयुक्त दोलखबहादुर गुरुङले आयोगको आज बस्ने बैठकले खरेलको सरुवाका लागि सहमित दिने÷नदिनेबारे निर्णय गर्ने जानकारी दिए । आयोगको आचार संहिता समितिमा गृहको पत्रबारे दुई दिनअघि छलफल भए पनि निर्णय हुन सकेको थिएन ।
राजधानीमा गत शनिबार भएको सार्वजनिक कार्यक्रममा खरेलले आफ्नो संगठनका डिआईजीपीहरु बढुवाका लागि ब्रिफकेस बोकेर शक्ति केन्द्र धाउने गरेको अभिव्यक्ति दिएपछि प्रधान कार्यालयको सिफारिसमा गृहले उनलाई सरुवा गर्न लागेको हो ।

 

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us