
काठमाण्डु, १५ जेठ – न्यायपरिषदका सदस्य तथा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश रामकुमारप्रसाद साहले न्यायालयलाई प्रयोगशाला नबनाउन आग्रह गरेका छन् ।
नेपाल बार एसोसिएसनले राजधानीमा बिहीबार गरेको कार्यक्रममा उनले प्रयोगशाला बनाउँदा न्यायालयको अस्तित्व समाप्त हुन सक्ने चेतावनी दिए । ‘न्यायपालिकालाई प्रयोगशाला बनाइयो भने यसको अस्तित्व सकिन्छ’, साहले भने, ‘अदालतको गज हल्लाउने गरी धेरै नचलाउनुस् ।’ अर्को एक फरक प्रसंगमा उनले २६ जना सभासद मनोनय सम्बन्धमा भएको आदेश निष्पक्ष भएर गरेको जिकिर गरे ।