
काठमाण्डु, १५ जेठ– एमाले युवा नेता योगेश भट्टराईले व्यक्तिगत वेबसाइट सञ्चालन गर्ने भएका छन् ।
उनले योगेश भट्टराई डटकम नामक साइट चलाउन लागेका हुन् । भट्टराईले आगामी आइतबार केही अनलाइन पत्रकारको उपस्थितिमा बेवसाइटको शुभारम्भ गर्न लागेको बताए ।
समसामयिक राजतीनिबारे आफ्ना विचार प्रस्तुत गर्न बेवसाइट सञ्चालन गर्न लागेको उनको भनाइ थियो । उनले महाधिवेशनको तयारी र प्रचार–प्रसारका लागिमसेत बेवसाइटको प्रयोग गर्नेछन् ।
आगामी १९ असारबाट सुरु हुने एमाले नवौं महाधिवेशनमा उनी नेता माधव नेपािलको समूहबाट पुनः केन्द्रीय सदस्य उठ्ने तयारीमा छन् ।