
काठमाण्डु, १५ जेठ– गणतन्त्र दिवसका अवसरमा नेपाल बार एसोसिएसनले विशेष संवैधानिक सम्मेलन गर्ने भएको छ ।
आजदेखि तीन दिनसम्म चल्ने सो सम्मेलनमा राज्यको शासकीय स्वरुप मौलिक हक, संवैधानिक हक, नागरिकता तथा समावेशीता, राज्यको पुनःसंरचनाका आधार, निर्वाचन प्रणाली र न्यायपालिकाका विषयमा २९ वटा कार्यपत्र प्रस्तुत हुने छन् ।
प्रस्तुत प्रतिवेदन र छलफलबाट प्राप्त सझावलाई पूर्वसभासद् र वर्तमान सभासद् तथा कानुन व्यवसायीहरु राधेश्याम अधिकारी, अग्नि खरेल, पुष्पा भुसाल, खिमलाल देवकोटा, एकराज भण्डारी र लक्ष्मणलाल कर्णसहितको टोलीले निष्कर्ष निकाल्ने महासचिव सुशीलकुमार पोखरेलले जानकारी दिए ।
सम्मेलनको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ । समापन समारोहमा प्रस्तुत कार्यपत्र र छलफलमा उठेका विषयहरुलार्ई समेटी तयार पारिएको प्रतिवेदन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई हस्तान्तरण गरिने पनि महासचिब पोख्रेलले बताए ।