
नवदीप अजनवी
नुवाकोट, १४ जेठ – जिल्लाको बुधसिङ गाविसमा एक वृद्धको हत्या भएको छ ।
बुधबार बिहान घर नजिकै धारामा मुख धुन गएका बुधसिङ– ८ भञ्ज्याङखर्कका ६४ वर्षीय छोटे भनिने हर्कबहादुर तामाङको छिमेकी गाविस दाङसिङ– ४ का लोर्केबहादुर तामाङले हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नो दिदीको घरमा आएका लोर्केले पँधेराको खानेपानी प्रयोगको विषयमा विवाद हुँदा धारिलो हतियार प्रयोग गरी हर्कबहादुरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीको भनाइ छ ।
हत्यापछि फरार भएका लोर्केलाई गाउँबाट भाग्दै गर्दा एक घण्टा पछि स्थानीयले समातेर प्रहरीलाई बुझाएको स्थानियबासिन्दाले जानकारी दिए ।