राप्रपा नेपालको अध्यक्षमा पुन: थापा

काठमाण्डु टुडे २०७१ जेठ १४ गते ३:२९ मा प्रकाशित

kamal thapaकाठमाण्डु, १४ जेठ– राप्रपा नेपालको अध्यक्षमा पुन: कमल थापा निर्वाचित भएका छन् ।
गएराति अबेर सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनले थापालाई पुन: अध्यक्ष निर्वाचित गरेको हो । नेतृत्व चयनका लागि भएको निर्वाचनमा थापाले सर्वाधिक १५४२ मत पाए । उनका प्रतिद्वन्द्वी पद्यसुन्दर लावतीले जम्मा १६८ मत ल्याए ।

महाधिवेशनले अध्यक्षमा थापासहित ६४ जना केन्द्रीय सदस्य चयन गरेको हो । राप्रपा नेपालको केन्द्रीय सदस्यहरुमा डा. धवलशम्शेर राणा (११५८), राजेन्द्र लिङदेन (११०७), भाष्कर भद्रा (१०६८), चन्द्रबहादुर गुरुङ (१०२९), मोहन श्रेष्ठ (९५६), तारानाथा लुईंटेल (९४१), दीपकबहाुदर सिंह (८५६), भक्ति सिटौला (८८१), राजाराम बर्तौला (८६६),विक्रमबहादुर थापा (७९२), गोविन्द खनिया (७८०) सुशील श्रेष्ठ (७७९), भरतमणि जंगम (७४६), दिलविकास राजभण्डारी (७३८),  राजिव पराजुली (७२९), विष्णु भट्टराई (७२२) निर्वाचित भएका भएका छन् ।
यस्तै रेशम लामा (६७४), मनोज प्रधान (६५९), श्यामबहाुृदर शाही (६५४), उद्धव थामा (६५२), राजमाराज श्रेष्ठ (५२९), रामबहाहुर साह (५८१), मनोजमल्ल ठकुरी (५५४), केदार कोइराला (४९९), निरञ्जन थापा (४९५), पदम ठकुराठी (४९४), भुपाल किराती (४८१), जयन्तनाथ खनाल (४६१), सगुन लावती (४५९), विराज विष्ट (४५०), इन्द्र चित्रकार (४४६) निर्वाचित भए ।
महिला केन्द्रीय सदस्यतर्फ मिरा राणा, कुन्ती शाही, उषा राणा, सीता लुईंटेल ज्ञवाली, अञ्जना रावल, रेवती कार्की, कमला शर्मा, रिता पोखरेल, पवित्रा सुब्बा श्रेष्ठ, सविना शाह, सरस्वती अधिकारी, लीलादेवी श्रेष्ठ र कान्ता भट्टराई निर्वाचित भएका छन् ।

यस्तै मधेसीतर्फ गंगाप्रसाद यादव, दिनेश साह र हरिनारायण यादव विजयी भए । जनजातिमा भुजुङ गुरुङ, रबिन चाम्लिङ तथा प्रवासबाट प्रेमकुमार श्रेष्ठ (अमेरिका) निर्वाचित भएका छन् ।

अन्य सदस्यहरुमा, आशा धिमाल, गंगा विक, राजकुमारी शाह, सरोजकुमार यादव, प्रेमबहादुर शाही, सलाउद्दिन जस गढ, भूमिका तुम्बाहाम्फे, सुनिता कुरुङवाङ, नदिना खातुन, श्रवणकुमार नेपाली, ऋषिबाबु परियार र गणेशकुमारी हमाल निर्वाचित भएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।
१ सय २७ सदस्यीय केन्द्रीय समितिका बाँकी सदस्य र पदाधिकारी अध्यक्ष थापाले चयन गर्ने श्रेष्ठले जानकारी दिए । गत जेठ १० गतेबाट सुरु भएको सम्मेलन चार दिनसम्म चलेको थियो । सम्मेनले राजतन्त्रसहितको हिन्दू राज्यका लागि सक्रिय हुने नीतिसमेत पारित गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us