एमाले केन्द्रीय समिति बैठक जारी

काठमाण्डु टुडे २०७१ जेठ १४ गते २:४६ मा प्रकाशित

uml officeकाठमाण्डु, १४ जेठ– आसन्न नवौं महाधिवेशनको तयारीबारे छलफल गर्न एमाले केन्द्रीय कमिटी बैठक जारी छ ।
बिहान ११ बजेपछि पार्टी मुख्यालय बल्खुमा बस्ने बैठकमा अध्यक्ष झलनाथ खनालले महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतवेदनमाथि छलफल हुने केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिए । एमालेले आगामी असार १९ गतेदेखि पार्टीको नवौं महाधिवेशन गर्दैछ ।

वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी समिति सदस्य केपी ओली महाधिवेशनबाट अध्यक्ष हुने कसरतमा छन् । दुवै पक्षले देशभरि आफू पक्षधरको छुट्टै भेला गरेर लविङ तीव्र पारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us