बाबुराम पक्षले निर्वाचन बहिस्कार गरेकामा प्रचण्ड रुष्ट

काठमाण्डु टुडे २०७१ जेठ १३ गते १४:२३ मा प्रकाशित

काठमाण्डु, १३ जेठ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता बाबुारम भट्टराई पक्षले आफैंले तय गरेको कार्यविधिअनुसार नेतृत्व चयनका लागि भएको prachandaनिर्वाचन बहिस्कार गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
निर्वाचनमार्फत पदाधिकारी चयन भएको घोषणा गर्न मंगलबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा अायोजित पत्रकार सम्मेलनमा उनले भट्टराई पक्ष निर्वाचन प्रक्रियाबाहिरै बसेकामा असन्तुष्टि जनाएका हुन् ।

‘बाबुरामजीसहित सबैको सहमतिमा बनाइएको कार्यविधिअनुसारै निर्वाचन भएको हो’, प्रचण्डले भने ‘केही नैतिक प्रश्न उठाएर उहाँहरु निर्वाचन प्रक्रियाबाहिर बस्नुभयो, यो राम्रो भएन ।’

भट्टराई पक्षले बहिस्कार गरे पनि आफूहरुले पार्टीभित्र लोकतान्त्रिक अभ्यासको नयाँ परीक्षण गरेको उनले बताए । उनले निर्वाचन बहिस्कार गरेको पक्षलाई समेत पोलिट्ब्युरो, स्थायी समिति र पदाधिकारीमा जिताएर आफूहरुले पार्टी एकताका लागि नयाँ सन्देश दिएको दाबी गरे । निर्वाचनमार्फत भट्टराई पक्षका पोलिट्ब्युरोमा सात, स्थायी समितिमा तीन र पदाधिकारीमा एक जनाको प्रतिनिधित्व भएको छ । यद्पि नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरबाट एमाअाेवादीमा भएकाे निर्वाचनटराई नाटक भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us