एकीकृत माओवादीले छान्यो केन्द्रीय पदाधिकारी (मतपरिणामसहित)

काठमाण्डु टुडे २०७१ जेठ १३ गते १०:५४ मा प्रकाशित

काठमाण्डु, १३ जेठ – एकीकृत माओवादीले निर्वाचन मार्फत पदाधिकारी चयन गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मङगलबार भएको निर्वाचनले ७ सदस्यीय पदाधिकारी चयन गरेको हो ।

maoist_buildingनिर्वाचनबाट उपाध्यक्षमा पोष्टबहादुर बोगटी र नारायणकाजी श्रेष्ठ , महासचिवमा कृष्णबहादुर महरा र सचिवहरुमा वर्षमान पुन, टोपबहादुर रायमामझी र गिरिराजमणि पोखरेल चुनिएका छन् । त्यस्तै कोषाध्यक्षमा हरिबोल गजुरेल चयन भएका छन् ।

यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ । निर्वाचनमा ११४ मत खसेको थियो ।

निर्वाचनअघि शिर्ष तहमा भएको सहमती अनुसार पदाधिकारी चुनिएका हुन् । अध्यक्ष प्रचण्डले महासचिवमा महरालाई चाहे पनि निर्वाचन भएको अवस्थामा वर्षमान पुन महासचिव हुने देखेपछि हिजो हुने भनिएको चुनाव सारिएको थियो ।

आजको निर्वाचनमा पोष्टबहादुर बोगटीले सबैभन्दा बढि १०९ मत ल्याएका छन् ।
निर्वाचनको मतपरिणाम
पोष्टबहादुर बोगटी–१०९
नारायणकाजी श्रेष्ठ–१०६
कृष्णबहादुर महरा– १०१
वर्षमान पुन –९७
टोपबहादुर रायमामझी –१००
गिरिराजमणि पोखरेल –९६
हरिबोल गजुरेल –१०१
पदाधिकारीमा नारायणकाजी पक्षका उनीसहित गिरिराजमणि पोखरेल , बाबुराम पक्षका टोपबहादुर रायमाझी चयन भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us