प्रतिनिधिसभा बैठक १८ गतेसम्मका लागि स्थगित

काठमाण्डु टुडे २०७७ चैत १० गते १४:४१ मा प्रकाशित

काठमाण्डु, १० चैत– प्रतिनिधिसभाको बैठक १ सातासम्मका लागि स्थगित भएको छ । अर्को बैठक एक सातापछि चैत १८ गते  बस्ने भएको छ ।

मंगलबार बसेको बैठकको शून्य समयमा बोलेका केही सांसदहरुले सरकारले प्रतिनिधिसभा विघटन गरेको विषयमा विरोध जनाएका छन् । साथै भारतले नेपालको थप भूमी मिचेको बिषयमा कुरा उठाएका छन् ।

काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडू र जिप छिरिङ लामाले भारतले अतिक्रमण गरेको भूभागको प्रकाशित नक्सा संसदबाट पारित गर्ने तर सीमा अतिक्रमण हुँदा सरकार किन मौन रहेको भन्दै प्रश्न गरेका छन् ।

साथै आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us