
काठमाण्डु, ६ चैत– नेकपा माओवादी केन्द्रले नैतिकताका आधारमा पदबाट राजीनामा दिन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गेरको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै भुसालले रानजीतिक नैतिकता र मूल्यका आधारमा राजीनामा दिन माग गरिन् ।
ओली सरकारमै बोल्दा एउटा शब्द लिप्लिँदा र सेक्युरिटी प्रिन्टिङ प्रस खरिदमा भएको घूस लेनदेनसम्बन्धी अडियो टेप सार्वजनिक भएका कारण दुई मन्त्रीको राजीनामा माग्ने प्रधानमन्त्रीले आफूले चाहिं राजीनामा किन नदिएको भन्दै प्रश्न गरिन् ।
‘यदि राजनीतिमा नैतिकता हुन्छ, मूल्य हुन्छ, राजनीतिमा मान्यता हुनछ । हामीलाई थाहा छ कि केपी ओली प्रधानमन्त्री भएको सरकारमै प्रसंगबस एउटा शब्द चिप्लिएबापत त्यतिबेलाका कानूनमन्त्रीलाई राजीनामा दिन लगाइएको थियो, नैतिकताको पाठ सिकाएर अर्का एउटा मन्त्रीलाई सुरक्षा प्रेस सम्बन्धि अडियो टेपहरु बाहिर आउन थालेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भनेर राजीनामा दिलाइएको थियो ।
मैले सोचेको थिएँ फागुन ११ गते को फैसलापछि त्यो राजनीतिक नैतिकताको पालना गरिनेछ’, भुसालले भनिन्, ‘अहिले पनि बढो जिताहा शासकजस्तो गरेर हिंड्ने कुराले आज आमनागरिकमा के पर्छ होला ? सबै नीतिको माउ नीति राजनीति हो । राजनीतिले कस्तो आदर्श देखाउँछ, राजनीतिज्ञले कस्तो चरित्र र आदर्श देखाउँछन् त्यसको प्रभाव आमजनतामा पर्छ । यस्तै अनैतिक, जिम्मेवारी नलिने, आत्मसमीक्षा नगर्ने व्यक्तिहरुका कारणले आज राजनीति बदनाम छ । मान्छेहरुले राजनीति भनेपछि फटाईं नै हो, ठगी नै भनेजस्तो गरेर चित्रण गर्ने स्थिति सिर्जना भएको छ ।
सारा मिडियाका कार्टुन हे¥यो भने के छ ? अलिकति आत्मसमीक्षा गर्नुपर्दैन ?’ उनले सात दशक लामो संघर्ष र बलिदानबाट प्रात संविधान, गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धी खोस्न खोजेर ओलीको नाम इतिहासमा कालो अक्षरले लेखिएको बताइन् ।
जीनवभर धेरै राम्रा काम गरे पनि एउटै कूकृत्यले इतिहासलाई कालो बनाइदिने उनको भनाइ थियो ।
‘लामो समय जेल बस्नुभयो, जनताले सात दशक लामो आन्दोलन गरेर ल्याउको संविधान, संविधानवाद त्यसका उपलब्धी समाप्त पर्ने गतिविधिले तपाईंको नाम इतिहासमा कालो मसीले लेखिएको छ । भ्रममा नपर्र्नुस् । अलिकति मान्छेका आलोचना सुन्नुस्, आत्मसमीक्षा गर्र्नुस’, प्रधानमन्त्रीको नाम उल्लेख गर्दै भुसालले भनिन् ।
उनले प्रधानमन्त्रीनिकट मन्त्री र सांसदलाई प्रधानमन्त्रीको अन्ध समर्थन गर्नुको साटो बिहान योगाका रुपमा आत्मसमीक्षा गर्न सुझाव दिइन ।
भुसालले ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणाली भएको मुलुकमा कुनै दलको बहुमत आउन नसक्ने स्पष्ट हुँदाहुँदै प्रतिनिधिसभा विघटनलाई सही ठहर गर्ने गलत मनसायका साथ निर्वाचनमा दुई तिहाई ल्याउने हल्ला गदै हिंडेको बताइन् । ‘यस्तो निर्वाचन प्रणालीमा बहुमत पनि आउँदैन । दुई तिहाईको गफ दिएर आफ्नो लाज ढाक्ने कोसिस नगर्नुस् । गत निर्वाचनमा दुई पार्टी मिलेको र मुलुकलाई समाजवादतिर लाने प्रतिबद्धता जनताले अनुमोदन गरेको हो’, उनले भनिन् ।
। भुसालले गणतन्त्र, संघीयता, समानुपाकिताविरोधी भन्ने जान्दाजान्दै पनि जनताको आन्दोलनको चेतनाले परिवर्तन भएको विश्वासमा ओलीलाई पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्रीको जिम्मेवारी दिएको स्मरण गर्दै ओली तानाशाह बनेको भन्दै पछुतो मानिन् ।