
यसअघि, दुई पटक २३ फागुन र २६ गते प्रतिनिधिसभाको बैठक बस्दा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको थिएन । प्रतिनिधिसभाको अर्काे बैठक चैत ३ गते बस्दै छ ।
आज अघिल्लो दिन सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् । पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
त्यसविरुद्ध परेको रिटमाथि फैसला गर्दै सर्वाेच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो ।त्यसपछि २ पटक बसेको बैठक अघि कार्यव्यवस्था समिति बस्न सकेको थिएन ।
आजको बैठकमा भने नेकपा एमाले, माओवादी केन्द्र, कांगे्रस र जसपाका प्रतिनिधिलाई बोलइएको सभामुखको सचिवालयले जनाएको छ । बैठक दिउँसो २ बजे बोलाइएको छ ।