वसन्त ऋतुमा हिमाल आरोहण

काठमाण्डु टुडे २०७७ चैत १ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, १ चैत– आगामी आरोहण सिजनका लागि दोस्रो अनुमति मनास्लु हिमाल (८१६३ मिटर)का लागि जारी भएको छ ।

पर्यटन विभागका अनुसार मनास्लु आरोहण गर्न एक जनाले आरोहण अनुमति लिएका छन् । यसअघि पहिलो आरोहण अनुमति नुप्त्से हिमाल (७८६४ मिटर)का लागि भएको थियो । सो हिमालका लागि भने एउटा समूहका चार जनाले अनुमति लिएका छन् ।

यी दुई आरोहण अनुमतिबाट सरकारले ४ लाख ९० हजार रोयल्टीसमेत संकलन गरीसकेको छ । कोरोना महामारीका कारण गत वर्ष भने आरोहणका सबै गतिविधि रद्ध भएका थिए ।

वसन्त ऋतुमा हिमाल आरोहणको प्रयोजनका लागि हरेक वर्ष ठूलो संख्यामा विदेशी पर्यटक भित्रन्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us