
सप्तरी, ११ जेठ – सप्तरीको मल्हनामा गाविस–५ स्थित दलित बस्तीमा आज दिउँसो भएको आगलागीमा चार परिवारको सात घर जलेर नष्ट भएको छ ।
मल्हनामा गाविस–५ निवासी खुसीलाल दासको घरबाट दिउँसो ३ बजेतिर सल्केको आगो फैलिएर दास तत्माको ४ वटा, स्थानीय इन्द्र सरदारको दुईलगायत सात घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा करिब रु १० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कड्रबोनाले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको एक घन्टाको अथक प्रयासमा आगो नियन्त्रणमा आएको बताइएको छ ।