अमेरिकी जल सेनाका जर्नेल लक्लियर नेपालमा

काठमाण्डु टुडे २०७१ जेठ ११ गते ११:२५ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– प्रधानसेनापति गौरव शमसेर जबराको निमन्त्रणमा अमेरिकी जल सेनाका प्यासिफिक क्षेत्रीय कमाण्डर सामुअल जे लक्लियर चार दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका छन् । हवाइ टापुका कमाण्डर रहेका लक्लियर अमेरिकी जल सेनाका चार तारे जर्नेल लक्लियर हुन् ।

प्रधानसेनापति राणाले एक महिनाअघि अमेरिका भ्रमण गरेका थिए । नेपाली सेनासँग लामो समयदेखि सहकार्य गर्दै आएको अमेरिकी जलसेनाले शान्ति स्थापना र प्रकोप नियन्त्रणमा नेपाली सेनालाई आवश्यकताअनुसार सघाउ पुर्‍याउन भ्रमण प्रभावकारी हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री बामदेव गौतम, प्रधानसेनापति गौरवशमसेर जबरालगायत उच्च अधिकारीसँग भेट गर्ने पनि दूतावासले जनाएको छ ।

जर्नेल लक्लियरले नगरकोटमा नेपाली सेनाका अधिकृतरुलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । उनले महावीर रेन्जर गणका सैनिकसँग भेट्नुका साथै पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिमकेन्द्रको पनि भ्रमण गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us