
काठमाण्डु, २५ फागुन– भक्तपुरको चाँगुनारायण नगरपालिका–६ तेलकोट बेसीस्थित एक घरमा मंगलबार आगलागी भएको छ ।
स्थानीय ९२ वर्षीया पाडासैनी तामाङको दुई तले ढुंगा माटोले बनेको घरमा आगलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
बिहान ८ बजेदेखि लागेको आगो बिहान १० ः४५ बजे नियन्त्रणमा लिन सफल भएको उनले बताए । उनका अनुसार आगलागीबाट करिब ८ लाख ५४ हजार मूल्य बराबरको धनमानल जलेर नष्ट भएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने देखिए पनि थप अनुसन्धान भइरहेको उनले बताए ।
नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयको सक्रियतामा भक्तपुर, काठमाण्डौ, ललितपुरबाट गएको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको गिरीले बताए