
कपिलवस्तु २४ फागुन– कपिलवस्तुमा १८ वर्षका किशोरबाट ८५ वर्षीया वृद्धा बलात्कृत भएकी छन् ।
कपिलवस्तु नगरपालिका–४ कोदहवाकी वृद्धालाई गाउँकै युवाले बलात्कार गरेका हुन् । बलात्कार आरोपमा किशोरलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।
किशोरले गहुँबारीमा वृद्धालाई बलात्कार गरेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । त्यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जारी गरेको बुलेटिनमा उल्लेख छ ।