संसद बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

काठमाण्डु टुडे २०७७ फागुन २३ गते ८:४३ मा प्रकाशित

काठमाण्डु, २३ फागुन– संसद बैठकमा राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

अधिवेशन सुरु हुँदा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताले सम्बोधन गर्ने परम्परा छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्णडरीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

तर, सर्वोच्च अदालतले ११ फागुनमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहरसहित १३ दिनभित्र संसद बैठक बोलाउन सरकारका नाममा परमादेश जारी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us