
काठमाण्डु, ११ जेठ– संसदीय सुनुवाइ विशेष समितिमा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठले ७ क्वीन्टल चरेश काण्डमा आफूले तारेखमा छोडेर गल्ती नगरेको दावी गरेका छन् ।
सभासदहरुले करोडौं रकम लिएर तारेखमा छाडेको भन्ने आरोपबारे प्रश्न गरेका थिए ।
जवाफमा श्रेष्ठले त्यो मुद्दामा आफूले तारेखमा छाडेका व्यक्ति ७ क्वीन्टल चरेश तस्करीमा संलग्न नभएको कुनै आधार नदेखेकाले तारेखमा छोडेको बताए ।
यो मुद्दामा न्यायपरिषद्ले छानविन गर्दा आफूले नियतबस ढंगले छाडेको नदेखिएको भन्दै त्यो मुद्दा तामेलीमा राखेको भन्दै उनले आफूलाई कारबाही नगरेको बताए ।
प्रहरीले अभियोगपत्र दायर गर्दैमा थुन्ने पक्षमा आफू नरहेको भन्दै उनले भने, ७ क्वीन्टल त के सयौं क्वीन्टल नै बरामद भएपनि सवुत र प्रमाण नहेर थुनामा राख्न कहाँ मिल्छ ?
उनले अभियोग पत्र ल्याउँदैमा थुनामा पठाउने हो भने कोही पनि स्वतन्त्र नरहने बताए ।